प्रथम‌ नेपाली साहित्‍यक‌ ब्‍लग‌ पत्रीका‌ "सयपत्री"को ‌लागी‌ रचना ‌एवं सल्‍लाह‌ सुझाब‌ प्रतिक्रिया भए ‌यहां‌ क्‍लिक गरेर‌ मेल‌ पठाउनु‌ होला-

11 October 2005

यो दशैंमा म घर आउदिन ।

कविता देश गृह युध्दमा फसीरहेको बेला लासहरु माथी गिध्द बसीरहेको बेला म रातो टिका र जमरा लाउदिन बाबा त्यसैले यो दशैंमा म घर आउदिन ।   एकले अर्को नेपालीलाई मारी रहेको बेला लास माथीलास थुपारी रहेको बेला नयॉ समाचारहरु कोही पॉउदिन साथीहरु त्यसैले म यो दशैंमा घर आउदिन ।   बारुदको ज्वालाले बस्तीहरु घुमाई रहेको बेला तिमी जस्तै नानीहरुले बाबा आमा गुमाई रहेको बेला छोरा तिमीलाई मात्र नाना र खेलौना ल्याउदिन दु ख नमान बाबु म यो दशैंमा घर आउदिन ।   मौलीक हक र अधीकार हरु खोई रहेको बेला कयौं झुपडी हरुमा भोकापेट हरु रोई रहेको बेला आफन्तहरु लाई मात्र मासु र चिउरा को भोज लाउदिन भाई त्यसैले म यो दशैंमा घर आउदिन ।   युध्दको उन्मादले नाताहरु टुटाई रहेको बेला हजारौं छोराहरुको छाती बन्दुकले फुटाई रहेको बेला तपाईको काखमा मैले शान्ती पाउदिन आमा त्यसैले म यो दशैंमा घर आउदिन ।   रङ्गले नभै रगतले टिका मुछीई रहेको बेला सयौं चेलीहरुको शिंदुर पछिई रहेको बेला तिम्रा चाहानाहरु पुरा गर्न पाउदिन बाटो नहेर प्रीए म यो दशैंमा घर आउदिन । म यो दशैंमा घर आउदिन ।। साउदि अरबिया साभार- नेपालजापान डटकम

0 Comments:

Post a Comment

<< Home