प्रथम‌ नेपाली साहित्‍यक‌ ब्‍लग‌ पत्रीका‌ "सयपत्री"को ‌लागी‌ रचना ‌एवं सल्‍लाह‌ सुझाब‌ प्रतिक्रिया भए ‌यहां‌ क्‍लिक गरेर‌ मेल‌ पठाउनु‌ होला-

28 September 2005

दुइ कविता

मुक्ति धर्तिको - आमा ! यो आफ्नै दाइलाई सिङ्गौरीले हानेर लडाउने बोको मै हुँ भनेर देख्ने, सुन्ने, बोल्ने त्यसको कत्रो धोको आमा ! यो १९ गते बतास्सिएर आएको गन्हाउने दुर्गन्धित बोको पञ्चे एजेन्डाले सारा गाउँ नै निल्ने त्यसको कत्रो धोको आमा, थाहा छ ?आमा, थाहा छ त्यो बोको आएको सात महिना बितिसकेछ अब त सहनै नसकिने गरीठ्वास्सै गनाइसकेछ ……..प्राविधिक कारणले छुटेका लाइन……….(यसमा त्यो गन्हाउने बोकोलाई काट्न अष्टमी नै कुर्नु पर्छ र जस्ता लाइन थिए) आमा, उ हेर्नुस् त उनीहरु सबै यतै आउँदैछन गाउँलेहरु मिलेरएउटै नारा लाउँदैछन् त्यो बोकोलाई कत्रो दशा लागेको रहेछ अब त त्यसलाई छिट्टै नै च्वाट्टै पार्ने भएछ कस्तो अभागी रहेछ त्योकस्तो अभागी रहेछ त्यो त्यसलाई खान दिएकै थियो, लाउन दिएकै थियो, बस्न दिएकै थियो बोको भनी इज्जत पनि दिएकै थियो मात्तिन पनि कति मात्तिसकेछ अब तत्यसले मूर्ति देख्यो कि बोक्यो बोसो पनि कति लागिसकेछ अब त हाम्रै भाग खोस्न खोज्यो गिरी सकेका पिटर जातको कालो खसीलाई बथानको नाइके रोज्यो आमा ! यो आफ्नै दाइलाई सिङ्गौरीले हानेर लडाउने बोको मै हुँ भनेर देख्ने, बोल्ने, सुन्नेत्यसको कत्रो धोको आमा ! यो घर त हाम्रो पो हो तयहाँ त्यसको केको रजाइँ ? लौ नलौ न अब त केही गरौंखोजौं न एउटा कसाई आमा !आमा, अब सदाको लागि त्यसको घर भत्काइ दिउँ न बोका जातका सबैलाई मुग्लान कटाइदिउँ न आमा !अब अष्टमी नपर्खिउँ न आमा !अब अष्टमी नपर्खिउँ न सार्‍है पीडा भइसक्यो अब तत्यो बोकोलाई च्वाट्टै छिनाइदिउँ न त्यसलाई खुकुरीको चोट थाहा दिउँ न त्यसमाथि एकताको बज्र प्रहार गरौं न आमा, अब यो धर्तीलाई मुक्त गरिदिउँ न दामोदर रेग्मी ___________________________ श्रीपेच फुकालेर आउनु पर्छ- अहिंसा र लोकतन्त्रका मूल बाटाहरुमा स्थान खोज्ने हो भने निहत्था नागरिकसँग प्रतिस्पर्धामा उत्रने हो भने बन्दूक बिसाएर आउनुपर्छ श्रीपेच फुकालेर आउनुपर्छ कोतपर्वका सञ्चालकहरु कोतपर्वका सञ्चालकहरु कोतपर्वका उत्पादकहरु जसरी एउटा कोतपर्वको कारणले तिमी बाँचिरहेका छौ खरबौं खर्ब सोहोरिरहेका छौ त्यति सजिलो छैन संविधानभन्दा माथि बस्न जनतासँग प्रतिस्पर्धा गर्ने हो भने संविधानसम्मत भएर आउनु पर्छ श्रीपेच फुकालेर आउनुपर्छ टाउकाको नाप अनुसार हुन्छ टोपी टोपी अनुसारको टाउको हुनसक्दैन लोकको चाहना अनुसार शासक हुनुपर्छ शासकको चाहना अनुसार जनता हुनसक्दैन जनतामाझ चुनिएरै आउने हो भने बन्दूक बिसाएरै आउनु पर्छ श्रीपेच फुकालेर आउनु पर्छ - स्नेह सायमि साभार- ब्लग( म र मेरो संसार )बाट

0 Comments:

Post a Comment

<< Home