राजन लुइटेल (गजल )
ज्यानै फाली ला'को माया फेरी कतै छुट्ने हो कि ?
दैव दशा उल्टिएर हाँसो खुसी लुट्ने हो कि ?
बल्ल बल्ल नयनमा बर्सिएका आशा माथी,
मडारिदै कालो बादल आँशु मुल फूट्ने हो कि ?
सिर्जनाको फूल फूल्यो यौवनको फाँट भरि,
प्रतिक्षाको फल पनि असिनाले चुट्ने हो कि ?
मुस्कान छाड्ने ओठभरि निराशाको छाँया परि,
जिन्दगी यो सिसा जस्तै एकै क्षणमा टुट्ने हो कि ?
ज्यानै फाली लाको माया फेरी कतै छुट्ने हो कि ?
दैव दशा उल्टिएर हाँसो खुसी लुट्ने हो कि ?
दोहा- कतार
दैनिक पत्रीकाहरु
0 Comments:
Post a Comment
<< Home