प्रथम‌ नेपाली साहित्‍यक‌ ब्‍लग‌ पत्रीका‌ "सयपत्री"को ‌लागी‌ रचना ‌एवं सल्‍लाह‌ सुझाब‌ प्रतिक्रिया भए ‌यहां‌ क्‍लिक गरेर‌ मेल‌ पठाउनु‌ होला-

21 September 2005

आदिकविका पनाति-कवि

"एकदिन नारद सत्य लोक पुगिगया लोकको गरु हित भनी" हरेक बिहान रामायणको यही श्लोकबाट सुरु हुन्छ तनहुँ, चुँदीरम्घाका मुक्तिनाथ आचार्य, ८०, को दैनिकी । आदिकवि भानुभक्त आचार्यका यी पनातिलाई रामायणका सबै श्लोक कण्ठस्थै छन् । यही कण्ठस्थे बानीले अन्ताक्षरी शैलीमा गत हिउँदमा भएको रामायणवाचन प्रतियोगितामा उनी पुरस्कृत पनि भए । अयोध्या काण्डमा कति श्लोक छन् रु किस्किन्धा काण्डको पहिलो श्लोक कुन हो रु बालकाण्डको तेह्रौँ श्लोक कुन छन्दमा छ रु भरतलाई घर फर्काउन रामले के भने रु प्रश्न सकिन नपाई उनी उत्तर दिइहाल्छन्, त्यो पनि लयमा । "अहो, दुरुस्तै आदिकवि " चौबीसै घण्टा दौरा, सुरुवाल, आस्कोट र त्यसमाथि कम्मरमा सेतो पटुका कसेर भानुभक्ते बिर्खे टोपीमा खुल्न रुचाउने उनलाई पहिलोपटक भेट्नेहरू विस्मयमा फतफताउँछन् । यही परिधानमा चुँदीको फाँट, रम्घा डाँडाको बाटुलो थाप्लो, आदिकविको रुग्ण सालिक र उनी जन्मी-हुर्केको घरका अवशेषहरू चहार्दा-चहार्दै बित्छन् अचेल उनका दिन । "भानुभक्तको पनाति भन्न पाउँदा मलाई निकै खुसी लाग्छ,"बाजेले खाएको घिउ आफ्नै हातमा सुँघ्दै उनी भन्छन् । बाजेका कविता मात्रै पढ्दैनन् उनी । आदिकविका बारेमा प्रकाशमा आउन नसकेका थुप्रै कुरालाई लिपिबद्ध गरेर पुस्तकाकार रूप पनि दिएका छन् । आदिकवि भानुभक्त आचार्यको खोजपूर्ण जीवनी र भानुको भावना उनले लेखेका छोटा लेखहरूको सँगालो हो । बाजेकै जसरी उनी शार्दूलविक्रिडित, मालिनी र अनुष्टुप छन्दमा कविता पनि रच्छन् । आह्वान उनको कविता यस्तै कवितासङ्ग्रहको नाम हो । भर्खरै मात्रै उनले शङ्कराचार्यको विवेक चूणामणि महाकाव्यलाई नेपालीमा अनुवाद गरी प्रकाशन गरेका छन् । यसअघि उनले हितको संवाद खण्डकाव्य लेखेका थिए । (असोज २ को "नेपाल" सप्ताहिक बाट)

0 Comments:

Post a Comment

<< Home