प्रथम‌ नेपाली साहित्‍यक‌ ब्‍लग‌ पत्रीका‌ "सयपत्री"को ‌लागी‌ रचना ‌एवं सल्‍लाह‌ सुझाब‌ प्रतिक्रिया भए ‌यहां‌ क्‍लिक गरेर‌ मेल‌ पठाउनु‌ होला-

12 September 2005

निलन कुमार थेच्वमि (कविता)

ति नेपालको छोरो. बनेको छ आतंकमय जन्मभूमि मेरो । बगेको छ रगत, आमाको छातीमा मेरो ।। राजनितीबाट जन्मि, भ्रस्टाचारमा खेल्ने सुध्रंदै नसुध्रने, ति नेपालको छोरो ।।२
मेहनत पसिनाले तिनको पेट भरिन्न् । महिनाको तलबले बैङ्कमा खाता जोडिन्न् ।। थाहापाए जनताले जेलमा बरु जाउँला । तर उनि भन्छन्, देश लुट्न छोडिन्न् ।।२
उ पिडा सहन्छ, यातना पनि सहन्छ । तर सच्चार् इमान्दारलाई देखेको सहन्न् ।। उ तिरस्कार सहन्छ, कालोसुचि पनि सहन्छ । तर संञ्चारले उनिविरुद्ध बोलेको सहन्न् ।।२
बनेकोछ उ मन्त्री, दलालहरुको पुच्छर । देशको नदीनाला बेच्ने, मुर्तिहरु चोर्ने ।। खुम्च्याई चोरऔंला बरु, कानून तोड्छन् । कहिल्यै नसुध्रने, ति नेपालको छोरो ।।२
साझाबस र्साईकल तिनि, कहिल्यै चढिन । बेचेर नेपालको भूमि, पजेरो छोडेन ।। बढाएर मूल्य, रासन, ग्याँस तेलमा । बरु भ्रस्टाचार गर्न कहिल्यै छोडिनन् ।। साउदि अरब

0 Comments:

Post a Comment

<< Home