प्रथम‌ नेपाली साहित्‍यक‌ ब्‍लग‌ पत्रीका‌ "सयपत्री"को ‌लागी‌ रचना ‌एवं सल्‍लाह‌ सुझाब‌ प्रतिक्रिया भए ‌यहां‌ क्‍लिक गरेर‌ मेल‌ पठाउनु‌ होला-

06 September 2005

दोस्रो राष्ट्रिय गजल प्रतियोगिता

दोस्रो राष्ट्रिय गजल प्रतियोगिता सम्पन्न भदौ-२०,भक्‍तपुर
गोठाटार साहित्यिक मञ्चद्वारा आयोजित दोस्रो राष्ट्रिय गजल प्रतियोगितामा परशुराम पराजुली प्रथम भएका छन्। त्यसै गरी प्रतियोगितामा शुर्य चापागाईं, खुस्बुराज शाही र शारदा पराजुलीले क्रमशः द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरेका छन्। प्रथम चरणमा प्राप्त २ सय गजलमध्ये ६० वटा अन्तिम परीक्षणमा राखिएको र तीमध्ये ४५ वटाले वाचन अनुमति पाएका थिए। गजल मूल्यांकन मण्डलमा कृष्णहरि बराल, ज्ञानुवाकर पौडेल, देवी नेपाल, प्रमोद स्नेही र स्वागत नेपाल रहेका थिए। समारोहमा डा. डीपी भण्डारी, नवराज पुडासैनीलगायतले बोल्नुभएको थियो।

0 Comments:

Post a Comment

<< Home