प्रथम‌ नेपाली साहित्‍यक‌ ब्‍लग‌ पत्रीका‌ "सयपत्री"को ‌लागी‌ रचना ‌एवं सल्‍लाह‌ सुझाब‌ प्रतिक्रिया भए ‌यहां‌ क्‍लिक गरेर‌ मेल‌ पठाउनु‌ होला-

10 September 2005

चिज कुमार श्रेष्ठ (कविता)

कम्प्युटर आन्दोलन ए, कम्प्युटर हिजो तँलाई INSTALL गर्ने म आज मै लाई REMOVE गर्न खोज्ने तँ - म झनक्क रिसाएको बेला तँ फनक्क फन्किन्छ चलाएको बेला तँ VIRUS को लाठी र बुट वनि वर्षछस् तँलाई टिलिक्क परेको टेवलमाथि सजाएर राख्दा पनि तेरो व्यवहारमा अलिकति पनि परिवर्तन नदेख्दा MOTHERBORD धरधरी रुन थालेकी छे के मान्छे झैं तँलाई पनि विवेकशून्य हुन सुहाउँछ र - म पनि तेरो चाला देखेर छक्क पर्न थालेको छु म तेरो साइटहरुमा बसी प्रवासवाट गाउँ वेशी सैर गर्न खोज्छु तँ चुत्रेको बगरमा अर्धनग्न गाडिएकी किशोरीको प्रतिविम्व देखाउँछस् म तेरो रोहवरमा प्रवासको पीडा ANALYSIS गर्न खोज्छु त् HANG भएर उल्टै म प्रति प्रतिवन्ध लगाउँछस् म मेरो भविष्य CD र DVD हरुसँग साट्ने प्रयत्न गरिरहेको हुन्छु तँ CD ROOM भित्र बाटै SCRATCH भइ विष्फोट हुने तयारी गरिरहन्छस् सानो निहँु पाएपनि हड्ताल र जुलुस गरी बाँदरले झै आफ्नै घर भत्काउँछस् तँलाई मन नपरे SHOUT DOWN को नाम दिइ नेपाल वन्द पनि गर्छस् म विवश भइ मेरो भुडी LOG OFF गर्छर्ुु अव त 205 सीटको RANDOM ACCESS MEMORY पनि कमजोर पो हुने हो कि भन्ने त्रासले चिन्तित छिन्, नेपाल आमा COMPUTER 'सक्छस् भने शान्तिवार्ता BACK UP गरि दे रगतको खोला त वगिनै रहेको छ, परिणाम CURRENT को झट्का जुनकुनैै वेला वढ्न सक्छ, रात रहे अग्राख पलाउँछ भन्छन्, भोली कसले देखेको छ र - त्यसैले ए, COMPUTRE'सक्छस् भने शान्तिवार्ता SET UP गरि दे शान्तिवार्ता SET UP गरि दे । साउदी अरब

1 Comments:

At 19 September, 2005, Anonymous Anonymous said...

kabi jui hos purayera lekhnu
hamro computer bhai lai nahepnu hai
ahile ta hang matrai ho
paachi hard disk nai damage hola #@!

RUN bhai rakheko computer lai bherthai ma click click gardai kin jiskau chas ha!
bado aadarsha ko kura garchas
ardha nango keti ko photo pop up bhayo bhanera!
aani taile khoje ko ke hos ni
Shanti nani lai setup garna khojera!

Association of computer against Human Virus

 

Post a Comment

<< Home