सुचना
विविध प्राविधिक कठीनाइका कारण आज देखी म यो साइटबाट सरुवा भएर यहाँ गएको छु कृपया यहाँ गएर हेर्नुहोला
नेपाली भाषाको प्रथम साहित्यिक ब्लग
विविध प्राविधिक कठीनाइका कारण आज देखी म यो साइटबाट सरुवा भएर यहाँ गएको छु कृपया यहाँ गएर हेर्नुहोला
कविता
देश गृह युध्दमा फसीरहेको बेला
लासहरु माथी गिध्द बसीरहेको बेला
म रातो टिका र जमरा लाउदिन
बाबा त्यसैले यो दशैंमा म घर आउदिन ।
एकले अर्को नेपालीलाई मारी रहेको बेला
लास माथीलास थुपारी रहेको बेला
नयॉ समाचारहरु कोही पॉउदिन
साथीहरु त्यसैले म यो दशैंमा घर आउदिन ।
बारुदको ज्वालाले बस्तीहरु घुमाई रहेको बेला
तिमी जस्तै नानीहरुले बाबा आमा गुमाई रहेको बेला
छोरा तिमीलाई मात्र नाना र खेलौना ल्याउदिन
दु ख नमान बाबु म यो दशैंमा घर आउदिन ।
मौलीक हक र अधीकार हरु खोई रहेको बेला
कयौं झुपडी हरुमा भोकापेट हरु रोई रहेको बेला
आफन्तहरु लाई मात्र मासु र चिउरा को भोज लाउदिन
भाई त्यसैले म यो दशैंमा घर आउदिन ।
युध्दको उन्मादले नाताहरु टुटाई रहेको बेला
हजारौं छोराहरुको छाती बन्दुकले फुटाई रहेको बेला
तपाईको काखमा मैले शान्ती पाउदिन
आमा त्यसैले म यो दशैंमा घर आउदिन ।
रङ्गले नभै रगतले टिका मुछीई रहेको बेला
सयौं चेलीहरुको शिंदुर पछिई रहेको बेला
तिम्रा चाहानाहरु पुरा गर्न पाउदिन
बाटो नहेर प्रीए म यो दशैंमा घर आउदिन ।
म यो दशैंमा घर आउदिन ।।
साउदि अरबिया
साभार- नेपालजापान डटकम
इश्क कहते है इश्क मे आंखो से निंद उड जाती है कोई हमसे भी इश्क करे कमबख्त निंद बहुत आती है ! रोक दो मेरे ज़नाजे को..... रोक दो मेरे ज़नाजे को,मेरी जान आ गयी है पिछे मुडकर देखो जरा, दारू की दुकान आ गयी है बोतल छुपा दो कफन मे मेरे, कब्र मे लेटा पिया करुँगा जब मांगेगा हिसाब खुदा तो, जाम बना कर दिया करुँगा. आशीष कुमार
मुक्ति धर्तिको -
आमा !
यो आफ्नै दाइलाई सिङ्गौरीले हानेर लडाउने बोको
मै हुँ भनेर देख्ने, सुन्ने, बोल्ने
त्यसको कत्रो धोको
आमा !
यो १९ गते बतास्सिएर आएको गन्हाउने दुर्गन्धित बोको
पञ्चे एजेन्डाले सारा गाउँ नै निल्ने त्यसको कत्रो धोको
आमा,
थाहा छ ?आमा,
थाहा छ
त्यो बोको आएको सात महिना बितिसकेछ
अब त सहनै नसकिने गरीठ्वास्सै गनाइसकेछ
……..प्राविधिक कारणले छुटेका लाइन……….(यसमा त्यो गन्हाउने बोकोलाई काट्न अष्टमी नै कुर्नु पर्छ र जस्ता लाइन थिए)
आमा,
उ हेर्नुस् त उनीहरु सबै यतै आउँदैछन
गाउँलेहरु मिलेरएउटै नारा लाउँदैछन्
त्यो बोकोलाई कत्रो दशा लागेको रहेछ
अब त त्यसलाई छिट्टै नै च्वाट्टै पार्ने भएछ
कस्तो अभागी रहेछ
त्योकस्तो अभागी रहेछ त्यो
त्यसलाई खान दिएकै थियो,
लाउन दिएकै थियो,
बस्न दिएकै थियो
बोको भनी इज्जत पनि दिएकै थियो
मात्तिन पनि कति मात्तिसकेछ
अब तत्यसले मूर्ति देख्यो कि बोक्यो
बोसो पनि कति लागिसकेछ
अब त हाम्रै भाग खोस्न खोज्यो
गिरी सकेका पिटर जातको कालो खसीलाई
बथानको नाइके रोज्यो
आमा !
यो आफ्नै दाइलाई सिङ्गौरीले हानेर लडाउने बोको
मै हुँ भनेर देख्ने, बोल्ने, सुन्नेत्यसको कत्रो धोको
आमा !
यो घर त हाम्रो पो हो तयहाँ त्यसको केको रजाइँ ?
लौ नलौ न अब त केही गरौंखोजौं न एउटा कसाई
आमा !आमा,
अब सदाको लागि त्यसको घर भत्काइ दिउँ न
बोका जातका सबैलाई मुग्लान कटाइदिउँ न
आमा !अब अष्टमी नपर्खिउँ न
आमा !अब अष्टमी नपर्खिउँ न
सार्है पीडा भइसक्यो
अब तत्यो बोकोलाई च्वाट्टै छिनाइदिउँ न
त्यसलाई खुकुरीको चोट थाहा दिउँ न
त्यसमाथि एकताको बज्र प्रहार गरौं न
आमा, अब यो धर्तीलाई मुक्त गरिदिउँ न
दामोदर रेग्मी
___________________________
श्रीपेच फुकालेर आउनु पर्छ-
अहिंसा र लोकतन्त्रका मूल बाटाहरुमा
स्थान खोज्ने हो भने
निहत्था नागरिकसँग प्रतिस्पर्धामा उत्रने हो भने
बन्दूक बिसाएर आउनुपर्छ
श्रीपेच फुकालेर आउनुपर्छ
कोतपर्वका सञ्चालकहरु
कोतपर्वका सञ्चालकहरु
कोतपर्वका उत्पादकहरु
जसरी एउटा कोतपर्वको कारणले तिमी बाँचिरहेका छौ
खरबौं खर्ब सोहोरिरहेका छौ
त्यति सजिलो छैन संविधानभन्दा माथि बस्न
जनतासँग प्रतिस्पर्धा गर्ने हो भने
संविधानसम्मत भएर आउनु पर्छ
श्रीपेच फुकालेर आउनुपर्छ
टाउकाको नाप अनुसार हुन्छ टोपी
टोपी अनुसारको टाउको हुनसक्दैन
लोकको चाहना अनुसार शासक हुनुपर्छ
शासकको चाहना अनुसार जनता हुनसक्दैन
जनतामाझ चुनिएरै आउने हो भने
बन्दूक बिसाएरै आउनु पर्छ
श्रीपेच फुकालेर आउनु पर्छ
- स्नेह सायमि
साभार- ब्लग( म र मेरो संसार )बाट
राम्रो हुने दाउमा पाल्दा हुन्छ कि भनि दाह्री पालें फाल्दा हुन्छ कि भनि जुंगा फालें मुसलमान पो भैएछ !! ब्यड रात को ब्लगबाट साभार Badal, Ratna Kumar (BadRat
"एकदिन नारद सत्य लोक पुगिगया लोकको गरु हित भनी"
हरेक बिहान रामायणको यही श्लोकबाट सुरु हुन्छ तनहुँ, चुँदीरम्घाका मुक्तिनाथ आचार्य, ८०, को दैनिकी । आदिकवि भानुभक्त आचार्यका यी पनातिलाई रामायणका सबै श्लोक कण्ठस्थै छन् । यही कण्ठस्थे बानीले अन्ताक्षरी शैलीमा गत हिउँदमा भएको रामायणवाचन प्रतियोगितामा उनी पुरस्कृत पनि भए । अयोध्या काण्डमा कति श्लोक छन् रु किस्किन्धा काण्डको पहिलो श्लोक कुन हो रु बालकाण्डको तेह्रौँ श्लोक कुन छन्दमा छ रु भरतलाई घर फर्काउन रामले के भने रु प्रश्न सकिन नपाई उनी उत्तर दिइहाल्छन्, त्यो पनि लयमा । "अहो, दुरुस्तै आदिकवि " चौबीसै घण्टा दौरा, सुरुवाल, आस्कोट र त्यसमाथि कम्मरमा सेतो पटुका कसेर भानुभक्ते बिर्खे टोपीमा खुल्न रुचाउने उनलाई पहिलोपटक भेट्नेहरू विस्मयमा फतफताउँछन् । यही परिधानमा चुँदीको फाँट, रम्घा डाँडाको बाटुलो थाप्लो, आदिकविको रुग्ण सालिक र उनी जन्मी-हुर्केको घरका अवशेषहरू चहार्दा-चहार्दै बित्छन् अचेल उनका दिन । "भानुभक्तको पनाति भन्न पाउँदा मलाई निकै खुसी लाग्छ,"बाजेले खाएको घिउ आफ्नै हातमा सुँघ्दै उनी भन्छन् । बाजेका कविता मात्रै पढ्दैनन् उनी । आदिकविका बारेमा प्रकाशमा आउन नसकेका थुप्रै कुरालाई लिपिबद्ध गरेर पुस्तकाकार रूप पनि दिएका छन् । आदिकवि भानुभक्त आचार्यको खोजपूर्ण जीवनी र भानुको भावना उनले लेखेका छोटा लेखहरूको सँगालो हो । बाजेकै जसरी उनी शार्दूलविक्रिडित, मालिनी र अनुष्टुप छन्दमा कविता पनि रच्छन् । आह्वान उनको कविता यस्तै कवितासङ्ग्रहको नाम हो । भर्खरै मात्रै उनले शङ्कराचार्यको विवेक चूणामणि महाकाव्यलाई नेपालीमा अनुवाद गरी प्रकाशन गरेका छन् । यसअघि उनले हितको संवाद खण्डकाव्य लेखेका थिए । (असोज २ को "नेपाल" सप्ताहिक बाट)
मेरो कविताको रोमान्टिक मूर्च्छना
यो रात ।
शब्दको किनारबाट भागेर, म
त्रि्रा वक्ररेखाहरूको भुमरीमा फसेको छु
यतिखेर मलाई
भुमरीको ठोक्कर र गहिराइ दुवै प्यारो लागेको छ
शब्दसँग शब्दको टक्करमा
केवल शब्दकै आविष्कार
प्रकृतिको शालीन व्रि्रोह
यो रात
मलाई चित्रबस्तीमै मौन रहन देऊ
समयको भब्य सुस्केरा
यो रात
कतै पुगिन्छ कि भनेर
म त्रि्रो चित्रमा
मेरो चेतनाको विनिर्मित कालो पहाड उक्लिरहेछु
चित्रको षडङ्गमा
तिमी कहाँनेर छौ !
पीडाहरूको आतसबाजी
यो रात
म त्रि्रो पीडाको गन्धले
औधी पुलकित छु
दुइ ताराबीचको दूरीमा
कति पीडाहरू अटाउन सक्छन् !
जीवनभन्दा पनि दिव्य मृत्यु
यो रात
यही दूरी मीठो लागेको छ
तारा बलेको यो मलामी रात ।
त्रि्रो प्रेमको आकाश फैलिन
मलाई त्रि्रै समयका
वेश्या हुने रहर छ
तिमीजस्तै म
मेरो समयको आउटसाइडर हुँ
.............................................
तर सभ्यताको प्रममय विश्राम
यो साइबर रात !
सम्झेरै आत्माहत्याको कुरा गर्नेछैन
रात त आखिर
उज्यालोमा छाया परेको न हो ।
मोमीला,
साभार-(नेपाली कला साहित्य डट कम)
गजल
गोटी
देशमा अनुमानभन्दा धेरै अनुपातमा जनसङ्ख्या बढेको तथ्याङ्क राष्ट्रिय योजना आयोगले निकालेपछि सरकारले जनता नियोजन गर्ने नीति पारित गर्यो । जसमध्ये आत्मनिर्भर भएपछि मात्र विवाह गर्ने अर्थात् ढिलो विवाह गर्ने र एक दम्पतीले एक सन्तति मात्र जन्माउन पाउने कानुनै बनायो ।
त्यसपछि युवाहरू आत्मनिर्भर हुन कोही खाडीक्ष्ाेत्रतिर लागे । सम्पर्क भएकाहरू गि्रनकार्डको अभियानमा जुट्न थाले । कहीँ जान नसक्ने र काम नपाएर घरमै बस्नेहरू कोही बाध्यताले, कोही प्रतिबद्धताले ुजनयुद्धु का लागि जङ्गल पसे । विवाह गर्नेहरूले एक मात्र सन्तान पाए । समग्रमा नियोजनका सरकारी नीतिजस्तै साधनहरूको खपत पनि निकै बढ्यो ।
एक दशकपछि युवा जनशक्ति निकै घट्यो । क्याम्पसहरू भटाभट बन्द हुन थाले । कलकारखानाको उत्पादन घट्न थाले । कार्यालयहरूमा बूढाबूढी मात्र देखिन थाले । पर्यटन उद्योग सुस्ताउन थाल्यो । सेना र प्रहरीमा भर्ना हुन खोज्नेहरू भएनन् । जुलुसको परम्परा घट्दै गर्यो । आमसभा नाम मात्रको हुन थाल्यो ।
स्थितिको अध्ययन गरेर आयोगले बुझाएको प्रतिवेदनअनुरूप सरकारले युवा शक्तिको आवश्यकताबोध गर्यो र नयाँ नीति बनायो । युवाहरूलाई रोजगार तथा व्यापारका लागि स्वदेशीका साथै विदेशी युवालाई पनि प्रोत्साहित गर्न ऋणको व्यवस्था गर्ने ।
त्यसको केही समयपछि छिमेकी राष्ट्रका राजदूतको पदोन्नति भयो । (साभार -नेपाल)
ति नेपालको छोरो.
बनेको छ आतंकमय जन्मभूमि मेरो ।
बगेको छ रगत, आमाको छातीमा मेरो ।।
राजनितीबाट जन्मि, भ्रस्टाचारमा खेल्ने
सुध्रंदै नसुध्रने, ति नेपालको छोरो ।।२
फर्कि कतै आइन भने मेरो बाटो नकुर्नू
आउन खोज्दै मरे भने मलाइ सम्झी नरुन
आंखा रसाइ आयो भने आकाश हेरि रोइदिनू
मनको वह ओर्लिआए यहि धर्तिमा पोखिदिन
फर्कि कतै आइन भने दोधारमा नबस्नु
आउन खोज्दै मरे भने मलाइ सम्झी नरूनु
अर्को जन्मलिने भए एक्लोजिबन तिमी रोज्नु
भेट्रन मन लाग्यो भने आफै भित्र मलाइ खोज्नु
भेटि कतै हाल्यौ भने आखां मलाइ नतनु
आउन खोज्दै मरे भने मलाइ सम्झी नरूनु
दोहा-कतार
सरगम
छातीमा हात राखी खांदै कसम म भन्छू
प्यासी नदी बनेर सरगम प पर्खीरहेको छू
कुखुरि कां को आवाज सगै
प्रभातको गूलाफी किरण सगैं
मिठा मिठा सपनाहरु साकार हूने आशामा
अनगिन्ती कल्पनाहरु पून क्षितीजमा ओर्लिने गर्छन
औंशिको रातमा पनि पूणिर्माको आंगन बनेर
फेरि पनि आशाका ज्योतिहरु सल्बलाउछन
तर ति साकार हूने सपनाको किरण
वास्तविकताको धरातलमा ओर्लिन नपाउंदै
यो बन्जर मरुभूमिमा बज्रिन पूगेका छन
अनि पूरा हने आशाका किरणहरु
केबल निराशाको ह्याङ्गरमा
झुन्िडरहेछ....
......झुन्िडरहेछ
दोहा- कतार
कम्प्युटर आन्दोलन ए, कम्प्युटर हिजो तँलाई INSTALL गर्ने म आज मै लाई REMOVE गर्न खोज्ने तँ - म झनक्क रिसाएको बेला तँ फनक्क फन्किन्छ चलाएको बेला तँ VIRUS को लाठी र बुट वनि वर्षछस् तँलाई टिलिक्क परेको टेवलमाथि सजाएर राख्दा पनि तेरो व्यवहारमा अलिकति पनि परिवर्तन नदेख्दा MOTHERBORD धरधरी रुन थालेकी छे के मान्छे झैं तँलाई पनि विवेकशून्य हुन सुहाउँछ र - म पनि तेरो चाला देखेर छक्क पर्न थालेको छु म तेरो साइटहरुमा बसी प्रवासवाट गाउँ वेशी सैर गर्न खोज्छु तँ चुत्रेको बगरमा अर्धनग्न गाडिएकी किशोरीको प्रतिविम्व देखाउँछस् म तेरो रोहवरमा प्रवासको पीडा ANALYSIS गर्न खोज्छु त् HANG भएर उल्टै म प्रति प्रतिवन्ध लगाउँछस् म मेरो भविष्य CD र DVD हरुसँग साट्ने प्रयत्न गरिरहेको हुन्छु तँ CD ROOM भित्र बाटै SCRATCH भइ विष्फोट हुने तयारी गरिरहन्छस् सानो निहँु पाएपनि हड्ताल र जुलुस गरी बाँदरले झै आफ्नै घर भत्काउँछस् तँलाई मन नपरे SHOUT DOWN को नाम दिइ नेपाल वन्द पनि गर्छस् म विवश भइ मेरो भुडी LOG OFF गर्छर्ुु अव त 205 सीटको RANDOM ACCESS MEMORY पनि कमजोर पो हुने हो कि भन्ने त्रासले चिन्तित छिन्, नेपाल आमा COMPUTER 'सक्छस् भने शान्तिवार्ता BACK UP गरि दे रगतको खोला त वगिनै रहेको छ, परिणाम CURRENT को झट्का जुनकुनैै वेला वढ्न सक्छ, रात रहे अग्राख पलाउँछ भन्छन्, भोली कसले देखेको छ र - त्यसैले ए, COMPUTRE'सक्छस् भने शान्तिवार्ता SET UP गरि दे शान्तिवार्ता SET UP गरि दे । साउदी अरब
--- ग़ज़ल---
ज़लालत है ज़िदगी क्या छोड़ देना चाहिए
अब अंधी गली में कोई मोड़ देना चाहिए
क्या मिला उस बुत पे घंटियाँ टुनटुनानसे
मिथ्या संस्कारों को अब तोड़ देना चाहिए
कब तक रहोगे किसी के रहमो-करम
पेज़ेहाद का कोई नारियल फोड़ देना चाहिए
क्यों नहीं हो सकतीं अपनी एक ही दीवारें
खंडित आस्थाओं को अब जोड़ देना चाहिए
बहुत शातिराना चालें हैं तेरी बेईमान
रविकहता है कहीं तो कोई होड़ देना चाहिए
रविरतलामी (भारत)
प्रेम रोगी रोहीरहेछ फर्क्यो आकाशतिर पूर्व पापका लागि माफ माग्यो धर्म-शास्त्र पल्टायोः ‘आफूलाई जस्तै अरुलाई प्रेम गर !’ पढ्यो ‘बुझ्यो’ र हिड्यो…… म तिमीलाई प्रेम गर्न चाहन्छु माफ गर ! म पुरुष हुँ ….। -म तिमीलाई प्रेम गर्न चाहन्छु- म पनि चाहन्छु, प्रेमको मूल्य नि - -म तिमीलाई प्रेम गर्न चाहन्छु -फेरि पनि धोका दिन - -साँच्चै नै प्रेम गर्न चाहन्छु- प्रेमको मृत्यु-दिवस मनाइसकेकी छु फर्क्यो आकाशतिर इश्वर सम्झेर….. -म तिमीलाई नै प्रेम गर्न चाहन्छु- ‘ ……………..’ ‘आफूलाई जस्तै अरुलाई प्रेम गर !’ फेरि पढ्यो, बुझेन र रोइरह्यो रोइरहेछ….
Silence and tears...
in the great silence and tears we two parted grief of leaving you dear heart was more pondered. its seems like yesterday though passed away ages. the stolen kisses; i swear very sweetest and still lingers around. echos of yur words,still keeps on striking. your soul; i feel like still there hovering around me how much i loved you, longed for you can't ever be measured as you already being treasured in my heart, in entire life. first love!! it was my ignorance just triumph of imagination over intelligence i loved the flower that fades but !!!!!!!!!!!!! love its endless act of forgiveness so dear, today as well though across the years and miles each and every moment i pray for you for your life and smiles i loved you once, nor can be quite till all the oceans dry up, the rocks get melt, i love thee still my dear. if i would meet you again, somewhere, someday, sometimes there is just big silence and tears to greet you , dear!!!
कति राम्रो हुन्थ्यो ! महोदय, हजूर ठूलो त त्यसै हुनुहुन्छ, त्यसमाथि असल भइदिए कति राम्रो हुन्थ्यो ! महोदय, हजूर शक्तिशाली त त्यसै हुनुहुन्छ, त्यसमाथि विवेकशाली भइदिए कति राम्रो हुन्थ्यो ! महोदय, हजूर नायक त त्यसै हुनुहुन्छ, त्यसमाथि खलनायकहरुको साथ छोडिदिए कति राम्रो हुन्थ्यो ! महोदय, हजूरलाई मान्नु त त्यसै छदैंछ ,त्यसमाथि सधैं मान्न लायक भइदिए कति राम्रो हुन्थ्यो ! महोदय, हजूर मानव त त्यसै हुनुहुन्छ त्यसमाथि महान् भइदिए कति राम्रो हुन्थ्यो ! महोदय, हजूर आफूलाई देवता त ठान्नुहुन्छ, त्यसमाथि साच्चै देवताजस्तो भइदिएझनै कति राम्रो हुन्थ्यो ! अगष्ट १३,२००५। बोष्टन, अमेरिका ।
गजल
यो हातले त्यो सिउंदो भर्न पाए मजा हुन्थ्यो
त्यै केशमा झुन्डिएर मर्न पाए मजा हुन्थ्यो ।
खोला पारि पुगेपछि छुटिनु त छदै छ नि ,
खोला तर्दा हात समाइ तर्न पाए मजा हुन्थ्यो ।
के भरोसा भबिश्यको हजूर कता म कता -
मन भरिका कुरा आजै गर्न पाए मजा हुन्थ्यो ।
सबै संग सबै नाता तोडेर भएपनि ,
हजूरको दिलमा डेरा सर्नपाए मजा हुन्थ्यो ।
गुलाफ पनि बिझाउंला कोमल ति पाउमा
जताततै सयपत्री फूल छर्नपाए मजा हुन्थ्यो ।
chahal_sayapatri@yahoo.com